व्यवसाय सञ्चालनसँगै समुदायका महिलालाई रोजगारी सिर्जना गर्दै आशिका कुमारी गिरी
मधेस प्रदेशको मिथिला नगरपालिका–२, ढल्केवर नजिकैको सुकचौरमा बिहानैदेखि चहलपहल हुन्छ।कोही कुविन्डो काटिरहेका हुन्छन्, कोही मस्यौरा बनाइरहेका हुन्छन्, कोही पापड तयार पारिरहेका हुन्छन्। कतै चामलको तिलौरी बनिरहेको हुन्छ, कतै आलसको तिसौरी।यी सबै कामको केन्द्रमा छिन्— आशिका कुमारी गिरी।मिथिलाको परम्परागत खानालाई स्वास्थ्यसँग जोडेर व्यावसायिक उत्पादनमा रूपान्तरण गर्दै आएकी आशिका आशुतोष बहुउद्देश्यीय तथा घरेलु …