गर्भवती अवस्थामा पौष्टिक आहारा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पौष्टिक भोजन सबै मानिसका लागि आवश्यक हुन्छ। गर्भवती अवस्थामा त अझ बढी पौष्टिक भोजनको आवश्यकता पर्छ। दुई जिउ भएको समयमा पेटभित्रको बच्चालाई समेत खानाको जरुरत पर्ने भएकाले खानाको स्तर र परिमाण पनि बढाउनुपर्ने हुन्छ।

 

 

गर्भवती महिलाले लिने खाना चाँडै पच्ने, पोसिलो, तरल पदार्थ बढी भएको र रुचिकर हुनुपर्छ। गर्भवती महिलालाई प्रोटिन, भिटामिन, क्याल्सियम, आयोडिन आदि पर्याप्त मात्रामा पाइने खाद्यवस्तु दिनुपर्छ।

 

गर्भवती आमाले हरिया सागपात, फलफूल, गेडागुडीको रस, माछामासु, दुधजस्ता चिजहरू खाने गर्नुपर्छ। पौष्टिक आहार नपाएका आमाहरूले जन्माएका बच्चाहरू कम तौल भएका, ख्याउटे, कुपोषित हुन सक्छन्। त्यसैले पनि उनीहरूले पौष्टिक तत्वयुक्त खाना खान जरुरी हुन्छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।