बार्कलेज सेन्टर नजिकै ६८ वर्षीय वृद्धको खेदेर अनुहारमा मुक्का हान्दा बंगारा झर्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्यूयोर्कको ब्रुकलिनस्थित बार्कलेज सेन्टर नजिकै एक मानसिक रूपले असन्तुलित व्यक्तिले ६८ वर्षीय एक ज्येष्ठ नागरिकलाई खेदेर उनको अनुहारमा मुक्का प्रहार गर्दा बङ्गारा भाँचिएको घटना सार्वजनिक भएको छ।

प्रहरीका अनुसार मार्च ३१ तारिख बिहान १२ः०५ बजेतिर फ्ल्याटबुश र एट्लान्टिक एभिन्यूको आसपास हिंडिरहेका ६८ वर्षीय वृद्धसँग अपरिचित व्यक्तिले पहिले मौखिक झगडा गरेको थियो। झगडा चाँडै हिंसात्मक बनेको थियो।

पीडितले भाग्न खोजे पनि उक्त व्यक्तिले खेदेर उनलाई समातेर अनुहारमा जड मुक्का हानेको प्रहरीले जनाएको छ। मुक्का लागेपछि वृद्ध भुइँमा लडेर घाइते भएका थिए।

शंकास्पद व्यक्तिको तस्बिर

घटनास्थलबाट पीडितलाई स्थानीय अस्पताल लगिएको थियो। अस्पतालमा उनको अवस्था स्थिर रहे पनि अनुहारमा धेरै चोटपटक लागेको र बङ्गारा भाँचिएको चिकित्सकले पुष्टि गरेका छन्।

प्रहरीले आइतबार यो जानकारी सार्वजनिक गर्दै घटनाको अनुसन्धान भइरहेको बताएको छ। आक्रमक व्यक्तिको पहिचान र पक्राउका लागि प्रयास जारी रहेको बताइएको छ।

यो घटना न्यूयोर्कमा ज्येष्ठ नागरिकमाथि भइरहेका हिंसाका घटनाहरूको श्रृङ्खलामा पछिल्लो हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।