बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काभ्रेको धुलिखेलमा बिजुलीको पोलमा काम गर्दै गरेका कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार करेन्ट लागेर सर्लाहीको लालबन्दी नगरपालिकाका २८ वर्षीय उज्ज्वल नेपाली (परियार) को मृत्यु भएको हो।शनिवार बिहान साढे ११ बजेको समयमा काभ्रेको धुलिखेल नगरपालिका वडा नं ७ स्थित सञ्जीवनी चोकमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढी काम गरिरहेको अवस्थामा परियारलाई अचानक करेन्ट लागेको थियो।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।