किसानहरूले माइतीघरको सडकमा गोलभेंडा फालेर गरे प्रदर्शन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् ।आज बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले गोलभेँडा पोख्दै प्रदर्शन गरेका हुन् । उचित मूल्य नपाएको र बिचौलिया हटाउन माग गर्दै प्रदर्शन गरेको किसान बम तामाङले बताए ।उनका अनुसार प्रदर्शनका लागि कृषि फार्मबाटै गोलभेँडा ल्याएर माइतिघरमा किसानहरु भेला भएका थिए ।प्रदर्शनका क्रममा किसानहरूले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले गोलभेँडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य मूल्य तोक, कृषि बिमा लागू गर लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।साथै उनीहरूले मन्त्रालय र मन्त्रीले किसानका समस्या समाधान गर्न नसकेको भन्दै ‘कृषिमन्त्री मुर्दावाद’ को नारा लगाएका थिए ।कृषि पेसालाई सुरक्षित र मर्यादित बनाउन सरकारले तत्काल नीतिगत सुधार गरी किसानमैत्री कदम चाल्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ । माग पूरा नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनी समेत किसानहरूले दिएका छन् ।

 

 

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।