रौतहटका सेख इन्ताजुलको पारिवारिक पेसा हो इम्ब्रोइडरी (कपडामा धागोले बुट्टा भर्ने काम)।उनी यही काम देख्दै हुर्किए। १४ वर्षको उमेरबाटै घरमै इम्ब्रोइडरी सिक्न थाले।२०५१ सालमा १८ वर्षको हुँदा उनी काठमाडौं आए। सुरूमा पुरानो बानेश्वरस्थित एक गार्मेन्टमा काम गरे।'पहिले इम्ब्रोइडरी गरिएका सामानको माग धेरै थियो। कुनै मेसिन प्रयोग नगरी सबै काम हातले गरिन्थ्यो। यो काम विश्वासिलो …