दार्चुलाको शैल्यशिखरमा ज्येष्ठ नागरिकको हत्या गरेर लुटपाट


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दार्चुलामा एक जना ज्येष्ठ नागरिकको हत्या गरी लुटपाट भएको छ । शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको  मंगलबार हत्या भएको हो ।

घरमा एक्लै रहेकी उनको हत्या गरी घरबाहिर फालिएको अवस्थामा शव फेला परेको स्थानीय मनोरथ जोशीले जानकारी दिए ।

 

 

उनको टाउकोमा चोट छ । हत्यापछि उनले लगाएकी साढे तीन तोला सुन लुटपाट भएको जोशीले बताए । घरभित्र बाकस फुटेको अवस्थामा फेला परेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरजसिंह भाटको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।