बिहानीको झुल्के घामले कोठाको झ्यालबाट भित्र चिहाउँदै गर्दा सोफाको एक कुनामा बसेर १४ वर्षकी आकृति आफ्नो हातमा एउटा सानो यन्त्र चलाउँदै थिइन्। उनी दृष्टिसम्बन्धी अपाङ्गता भएकी व्यक्ति हुन्, तर उनको दिमागमा संसारका अनगिन्ती रङ र अक्षरहरू सल्बलाई रहेका छन्। उनको कोठाको झ्याल बाहिर चराचुरुङ्गीहरूको चिरबिर आवाज सुनिएको थियो भने चिसो …