मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता शिक्षाका लागि ७५३ पालिकामै मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । उनी भन्छन्, ‘स्वयमसेवक मार्फत कार्यक्रम सञ्चालन भइराखेको छ ।’
निर्वाचन आयोगका अनुसार सबै स्थानीय तहका प्रत्येक वडामा एक/एक जनाको दरले स्वयंसेवक नियुक्त भएका छन् । उनीहरूले मतदानबारे मतदातामा रहेको अलमल चिर्नेछन् ।
यसका अलावा सामाजिक सञ्जालबाट समेत मतदाता शिक्षा सम्बन्धी प्रचारप्रसार भइराखेको छ । मतदाता शिक्षा कार्यक्रममार्फत मत खस्ने प्रतिशत बढाउने र बदर मत घटाउने निर्वाचन आयोगको उदेश्य छ ।
कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारी भन्छन्, ‘यसपटक निर्वाचनको पूर्वसन्ध्यामा ठूलो संख्यामा मतदाता नामावलीमा समावेश हुनुभएको छ । उहाँहरु युवाहरू हुनुहुन्छ । उहाँहरु सचेत नागरिक हुनुहुन्छ । यसकारण यसपटक मत खस्ने प्रतिशत बढ्छ र बदर मत घट्छ भन्ने आयोगको पूर्व अनुमान रहेको छ ।’