ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धिको माग तीव्र
विश्वभरका मानव अधिकारवादी संस्थाहरू, नागरिक समाज र ज्येष्ठ नागरिकहरूका संगठनहरूले ज्येष्ठ नागरिकहरूको अधिकार संरक्षणका लागि संयुक्त राष्ट्र संघमा छुट्टै ‘अन्तर्राष्ट्रिय महासन्धि’ (International Convention on the Rights of Older Persons) निर्माण गर्नुपर्ने मागलाई पुनः तीव्रता दिएका छन्। वृद्धवृद्धामाथि हुने उमेरजन्य विभेद (Ageism), शारीरिक, मानसिक तथा आर्थिक दुर्व्यवहार र उपेक्षालाई रोक्न हाल …