गृहमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।

उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गएराति भेटेका हुन् । चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा. शर्माप्रति आभार व्यक्त गरेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।