माइतीघर र हजुरआमा एक झड्को मा बिलाए।
चैते दसैँको दिन हामीसँग गफिनको लागि सकी नसकी छत मा उक्लिनू भाको आजै जस्तो लाग्छ हजुरआमा !
समय पनि कत्ति छिटो बितेको, हिज्जै जस्तो लाग्ने ती दृश्यहरू आज सम्झनाको पन्नामा सीमित भयो। आँखाले देखेको हराए पनि मनले देखेको दृश्य उस्तै छ।
खास काउले बाट त्रिशूली बजार नझरेको भए न गास न बास कुस को लास बन्न पर्दैन थियो कि आमा, जायजेथा सबै गयो, के गर्नु अब प्रकृतिको खेल यस्तै रहेछ अन्तिम सास देख्न नपाउने पिडा मनमा बोकेर बस्नु परेको छ।
त्यो रिन्धन गरेर बनाएको घर सँगै बुढी आमालाई पनि लानु पर्थ्योर? छैठौंमा भावीले लेखेको होकी ? कैयौं प्रष्ट उठ्छ तर उत्तर कतै भेटिन्न।
माथि गाउँ बाट त्रिशुलीबजार छेउ आइयो सायद यही दिन देख्न रहेछ न रह्यो बास न रह्यो गास बाँकी रह्यो त्यो तीन महिने किस्ता र सम्झना।
ती हरियाली बस्ती सम्झिन्छु कहिले
आँपका ठूला बोट फुत्त फुत्त झर्दा झर्दै गर्दा खाएको त्यो ठाउँ ताजै छ
ठूलो चौरमा खेलेका ती दिनहरु,साथीहरूसँग बिताएका ती पलहरू,आज लाग्छ ती दिनहरु कत्ति सुन्दर रहेछन्।
राम मन्दिर परिसरमा बजिरहेको घन्टीको आवाज अझै कानमा गुञ्जिरहेको छ आहा कत्ति आनन्द आउँथ्यो बेग्लै पनि, त्यहाँ जाँदै गर्दा को समय अनि धूप को बास्ना सितल ठाउँमा बसेको आभास छ, कनचन बहेको मन्द खोलाको कल कल आवाज, ती सबै अहिले आँखा अगाडि झल्झल आउँछ|
त्यही ठाउँमा आज विनाशको कथा लेखियो
धन्न माइजु कसरी बचिछिन,सबै सखाप छ भन्ने आवाज सुन्नु पर्यो। मन तरंगित भयो। कुनै बेला आफ्नै घर जस्तो लागेको ठाउँ आज बगर भएको सुन्दा शब्दहरू नै गह्रुङ्गो भको भान भयो।
त्यो अफिस छेउबाट होस्टेलका बच्चाहरुले जिस्क्याएको आजै जस्तो लाग्छ अनि मुस्लिम समुदायका बच्चाहरु गाड्छ रे मसानघाट हो रे त्यहाँ भनेर हामी साँझमा डराउँदै गफिएको बचपन पनि कत्ति मिति थियो
डर सँगै एउटा सुन्दर बालसुलभ रमाइलो भको थियो।
त्यति बेला त कहाँ सोच्नु हामीले हिँडेका,खेलेका,रमाइलो गरेका ठाउँहरू कुनै दिन कनकट बगर बन्ला भनेर।
खोलाको छेउको त्यो बस्ती हरु कता पुगे होला? खोलाको छेउमा लहलह परेका झुल्दै गरेका,बहेलि खेलेका धान का बाला कता पुगे? पुटुस्स परेर फलेका भटमास का पोटी लागेका खेत आफ्नै आँखा अगाडि बगाए लाग्दा लाग्दै गर्दा ती मनहरु कति कुडिय होला?
त्यो कलकल बहेको खोला नजिकै बाट हिड्दाको हराभरा मन ताजै छ पुलमा पुगेसी मामाघर आइपुग्यो भन्ने प्रफुल्ल मन पनि त ताजै आइरहेछ
बाटो उही होला नहोला तर बाटोका दृश्यहरू बदलिएका छन्,सम्झना त उही नै छ तर वास्तविकता बदलेको छ।
ट्युसन पढाउने सर लाई कस्तो होला ? उहाँहरु लाई केही नभाको होस है भगवान मलाई त्यो झरी परेको बेला असार साउन मासमा कत्ति मेहेनत का साथ पढाउनु भको थियो। 9-10 कक्षामा उहाँहरुले पढाएका ती दिनहरु आज पनि सुरक्षित र सम्झनलायक छन्।
हाइड्रोावरको छेउमा बसेर पप खाएको स्वादले अहिले पनि मिठास आउँछ त्यो पल अनि सितल पिपलको बोट, त्रिशूली बजारमा मामा माइजुले बाल्यकालमा कपडा सिलाईदिनु भको त्यो समय अनि मनमा खुसी छाएको त्यो पल त्यो कपडा पसल, सबै कुरा स्मृति बने।
त्यो बाढीको पिडा फेरि मन भारी भयो।
त्रिशूली नदीको कटान, प्राकृतिक प्रकोप,विपत्तिलाई कसैले टार्न र रोक्न सक्दो रहेनछ। एकै छिनको उग्र रूपले कति वर्षौं को मेहेनत,घर खेत बारी बस्ती बजार सँगै सपना उजाड बनायो। टुक्राटुक्रा बनायो,सक्कायो।
अझै पनि बाढी प्रभावित क्षेत्र, क्षतिग्रस्त भागमा जोखिम मोल्दै पनि छन्। कसैको घर,कसैको जायजेथा,आफन्त छैन बाँकी छ झिनो आश।
यो विनास निम्त्याएर बनेको बदलिएको जीवन टुक्रा टुक्रा परेको मन,अझै सास भेटिन्छन् कि भन्ने आस,दिन बित्दै गर्दा बनाएका कुश का लास
जो जोस्ले प्रिएजन र जे जति गुमाएका छन् चिर शान्तिको कामना,र परिवारमा धैर्ये शक्तिको कामना,
धेरै जनालाई परेको यो आपत्ति हराएका आफन्त,घर,परिवार गुमाउनुको पिडा छ नै,गाउँ बस्ती उजाडिएको छ,विनास र विपत् परेको छ,
जहाँ बालबालिका को हाँसो सुनिन्थियो तेहा विनाशको मौनता छ।
अब त्यो पुरानो बस्तीको इतिहास बन्ने छ, बाल्यकालका मिठा याद,विगतका सम्झना, स्मृतिमा बाँचेको बाल्यकाल, बाटोमा भेटिएका मानिस, मन्दिर को घण्टी............सबै स्मृतिमा सधैं बाँचिरहन्छ।सधैं रहनेछ।
बाढीको कहालीलाग्दो दृश्य देख्दा अझै आङमा घाम लागेको छैन,मन बेचैन छ।
हे प्रकृतिमाता कस्तो घडी आईपर्यो,
त्रिशूली किनार को त्यो जीवन अनि बस्ती कहाँ पुगे? ती बस्ती कहाँ पुगे? हेर्न नलायक बगरमा फेरियो त्यो दृश्य देख्न मन छैन,तर नहेरी कता जाउ? मेरो बाध्यता छ,।
बदलियो गाउँ निसासियो भावना अब वस कल्पना, मानसपटलमा हिर्दयस्पर्सी स्मरण मात्र स्मरण।