। २४४ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरका २५ वर्षीय सुशील चौधरी छन् ।उनलाई इलाका प्रहरी कार्यालय लालबन्दीबाट इन्स्पेक्टर सुजन पाठकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।बुधबार राति मरिनतर्फबाट लालबन्दीतर्फ गाँजा तस्करी हुँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।लालबन्दी –१३ पत्थरचोकबाट उनी पक्राउ परेका हुन् । बा २० च १७८२ नम्बरको बोलेरोमा उक्त गाँजा तस्करी गरेको प्रहरीको भनाइ छ । उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।