चम्चा र थाल ठटाउँदै माइतीघरमा सरकारविरुद्ध सुकुमवासीको प्रदर्शन (तस्वीरहरू)


काठमाडौंका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुमवासी बस्तीका नागरिकहरू सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारले विकल्प विना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू काठमाडौंको माइतीघरमण्डलमा उपस्थित भएर प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुमवासी बस्तीका नागरिकहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले डोजर चलाउन बन्द गर, व्यवस्थापन गर, विस्थापन होइन न्याय देऊ, मानव अधिकार देऊ लगायत लेखेको प्लेकार्ड सहित प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्लेकार्डसँगै प्लेट, थाल र चम्चा ठटाएर विरोध जनाएका छन् ।

काठमाडौंका १६ बस्तीबाट नौ दिनमा १५ हजार बढी विस्थापित भएका छन् । सरकारले विस्थापितहरूलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको छ ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।