भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक बिस्केट जात्रा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रा सुरु भएको छ । बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथ र भद्रकालीको रथ तानातान गर्दै सुरु भएको हो । 

 

काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रांगणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ ।

 

जात्रा अन्तर्गत गःहिटीमा भैरवनाथलाई बली चढाइ गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिंगो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिंगो उभ्याइन्छ । बिस्का जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिंगो ढालिने परम्परा रहेको स्थानीय अनन्तः धौबडेलले बताए ।

 

बिस्काको छैटौं दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौं दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । जात्राको अन्तिम दिन भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्रांगणमा पु¥याई जात्रा सम्पन्न गरिन्छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।