५ को नयाँ नोट ; महाप्रसाद अधिकारीको हस्ताक्षरमा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट आज मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ ।

राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो ।

 

 

 

आजदेखि चलनचल्तीमा ल्याइएको नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहने सूचनामा उल्लेख छ ।

यस्तै निवर्तमान गभर्नर अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०८१ लेखिएको हुनेछ ।

 

 

 

नोटको मध्य भागमा वन्य याक तथा हुम्लाको लिमी क्षेत्रको हिमाल चित्र रहने छ ।

यसअघि बैंकले २०७७ मंसिर १० देखि ५ रुपैयाँ दरका बैंक नोट संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने सूचना प्रकाशित गरे पनि आज मंगलबादेखि संकेत नम्बर ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याएको सूचनामा उल्लेख छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।