वर्षापछिको पहिरोले राप्ती राजमार्ग अवरुद्ध


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बर्सातपछि आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका-३ स्थित चोरखोलामा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले सडक निर्माण कम्पनीको एक्स्काभेटरले पहिरो पन्छाउने काम भइरहेको र उनका अनुसार चोरखोलादेखि राम्रीसम्म सुरु गरिएको कालोपत्रको काम समेत प्रभावित भएको छ ।

ठूलो पहिरो झरेकाले सडक खुल्न अझै केही समय लाग्ने उनले बताए । बिहानदेखि परेको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडकमा समेत गाडी चल्न सकेका छैनन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।