संसद् बैठक स्थगित भएछि कांग्रेसले डाक्यो विपक्षी दलको बैठक


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संसद् बैठक स्थगित भएपछि नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ । बैठक अहिले सवा ३ बजेबाट सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बस्ने भनिएको छ ।

बैठकमा प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका दलका प्रमुख सचेतक र सचेतकलाई बोलाइएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जनाएका छन् ।

आजै विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।