पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरभित्र राखिएका फलामका बार हटाइएको छ ।

पशुपतिनाथ मन्दिरलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

 

 

भक्तजनहरुको लाइन व्यवस्थित गर्न भन्दै करिब एक दशकअघिदेखि फलामका बार राखिएको थियो । फलामका बारले सम्पदालाई असर गर्ने भन्दै हटाइएको हो ।

सम्पदा संरक्षणकर्मीको पहलमा पुरातत्व विभागले फलामका बार र फलामबाट बनाइएको आकाशे पुलले विश्वसम्पदा क्षेत्रलाई असर गर्ने भन्दै हटाउन पशुपति क्षेत्र विकास कोषलाई पत्राचार गरेको थियो ।

 

 

कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले फलामका बार हटाइसकिएको भन्दै त्यस ठाउँमा अब काठ वा डोरी राखिने बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।