नुहाउने क्रममा दुई बालिका बेपत्ता


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरी नजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् । 

 

जिल्ला प्रहरी कार्यालयका डीएसपी बोहराका अनुसार आइतबार दिउँसो सानबी पन्त र जीविका पन्त महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । उनीहरु दुवैको उमेर अन्दाजी ६/७ वर्ष रहेको छ र उनीहरुको  खोजी कार्य सुरु भएको छ ।

स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए । जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।