कीर्तिपुरबाट ३१ परिवारका ८९ सुकुमवासीलाई लगियो खरिपाटीको होल्डिङ सेन्टर


केहीलाई भने भक्तपुरकै बोडेमा स्थानान्तरण गरिएको छ ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 अविरल वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुमवासीलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको छ ।

कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटी लगिएको हो । हिजो (शनिबार) र आज (आइतबार) बिहान गरेर सो संख्यामा सुकुमवासीहरू खरिपाटी लगिएको हो ।

केहीलाई भने भक्तपुरकै बोडेमा स्थानान्तरण गरिएको छ ।

सरकारले थापाथली लगायतका बागमती नदी किनारबाट सुकुमवासी बस्ती हटाएको थियो । यद्यपि उनीहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।