दुई जनाको शव भेटियो काठमाडौं र ललितपुरमा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाडौं र ललितपुरका दुई फरक ठाउँमा दुई जनाको शव फेला परेको छ ।काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–७ दक्षिणढोकामा एक पुरुषको शव भेटिएको हो ।

दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका–६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–२ उदयबस्तीस्थित पुरानो भत्किएको घरमा एक महिला मृत भेटिएकी छिन् ।

नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।